काठमाडौं, २७ कार्तिक । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनालाई जित दिलाउन डि मारियाले निर्णयक गोल गरेका थिए । खेलको ७ औं मिनेटमा डि मारियाले गोल गरेका थिए । अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोडेको छ । अर्जेन्टिना विश्वकप छनोटको नजिक पुगेको छ । उरुग्वे १६ अंक सहित छनोट तालिकाको छैटौं स्थानमा छ ।
