• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

धनगढी, ४ साउन/धनगढीस्थित जेपी क्लासिक इन्टरनेशनल ले देशभरका डिलरमध्ये सबैभन्दा बढी कारोबार गरेको भन्दै प्रतिष्ठित ‘उत्कृष्ट डिलर अवार्ड’ प्राप्त गरेको छ। कम्पनीले लगातार दोस्रो वर्ष पनि उक्त सम्मान जित्दै आफ्नो व्यावसायिक उत्कृष्टता कायम राख्न सफल भएको हो।

विराटनगरमा आयोजित पुर्वाञ्चल लुब्रीकेन्ट को २७औँ डिलर कन्फ्रेन्स मा जेपी क्लासिक इन्टरनेशनलका सञ्चालक हरिशंकर ठाकुर र उनकी धर्मपत्नी मधु पाठक ठाकुर लाई सम्मान गरिएको हो।

कार्यक्रममा पुर्वाञ्चल लुब्रीकेन्टका सञ्चालक भोलेश्वर दुलाल र प्रमुख अतिथि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मनोज ज्ञवालीले संयुक्त रूपमा प्रमाणपत्र, मेडल तथा नगद २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

कार्यक्रममा सम्मान ग्रहणपछि सञ्चालक ठाकुरले यो सम्मान आफ्नो कम्पनी, ग्राहक, कर्मचारी र व्यावसायिक साझेदारहरूको साझा उपलब्धि भएको बताए।

उनले भने, “लगातार दोस्रो वर्ष देशकै उत्कृष्ट डिलरका रूपमा सम्मानित हुनु हाम्रो लागि अत्यन्त गौरवको विषय हो। यो अवार्ड मेरो एक्लो प्रयासको परिणाम होइन, सम्पूर्ण ग्राहक, कर्मचारी, व्यवसायिक साझेदार र परिवारको साथ तथा विश्वासको प्रतिफल हो। आगामी दिनमा पनि गुणस्तरीय सेवा, विश्वास र इमानदार व्यवसायमार्फत अझ उत्कृष्ट काम गर्दै ग्राहकको भरोसा कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

ठाकुर समूहले धनगढी र काठमाडौंमा अटोमोबाइल व्यवसायका साथै खाद्यान्न, जडीबुटी लगायत विभिन्न क्षेत्रमा सफल व्यवसाय सञ्चालन गर्दै आएको छ। समूहले व्यवसायिक विश्वसनीयता, ग्राहकमैत्री सेवा र गुणस्तरीय उत्पादनमार्फत सुदूरपश्चिमको निजी क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

लगातार दुई वर्षसम्म राष्ट्रिय स्तरको ‘उत्कृष्ट डिलर अवार्ड’ जित्न सफल भएपछि व्यवसायिक क्षेत्रमा जेपी क्लासिक इन्टरनेशनलको प्रतिष्ठा अझ मजबुत बनेको छ।

सोमबार, साउन ०४, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.