बैतडी, ४ साउन / बैतडीको सुर्नया गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १९ करोड १२ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट ९३ वटा शीर्षकमा विनियोजन गरेको छ।
विनियोजित बजेटअनुसार गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरको भागमा ५९ लाख रुपैयाँ छुट्याइएको छ। गाउँपालिकाकी उपाध्यक्ष मञ्जु महरा बोहराको लागि भने ५५ लाख रुपैयाँ मात्रै विनियोजन गरिएको छ। यसअनुसार अध्यक्षको तुलनामा उपाध्यक्षको भागमा ४ लाख रुपैयाँ कम बजेट परेको देखिन्छ ।
यस्तै गाउँपालिकाले आठवटै वडाका योजनाका लागि कुल ३ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभिन्न विकास निर्माण, पूर्वाधार, सामाजिक तथा अन्य कार्यक्रम समेटेर ९३ वटा शीर्षकमा बाँडफाँट गरेको जनाएको छ।
यस्तो छ विनियोजित बजेटको खाका :-



