एउटै कोठा बोलचाल बन्द, चाल गजबको,
यता टिकटक, उता रिल्सको हाल गजबको।
छिनछिनमै नयाँ भाकाको निरन्तर बहार,
रिलभन्दा टिकटकको ताल गजबको।
एकहोरो हेराइ, खै कता छ मनको बाटो,
स्क्रिनले कोठाभरि फिँजाएको जाल गजबको।
सुख-दुःख, इतिहास, मार्गदर्शन सबै ओझेल,
सम्बन्ध हराउँदै गएको काल गजबको।
✍️कृतबहादुर विष्ट , साहित्यकार एवं पत्रकार
