• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

‘हरघडी बिरामीलाई कहाँ राख्ने तनावमा रहनुपरेको छ’

धनगढी : सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी फाँटका सिनियर स्वास्थ्यकर्मी राधाकृष्ण चौधरी आइतबार हतास मनस्थितिमा देखिन्थे । उनी एक बिरामीका बारेमा बुझ्न आएका आफन्तलाई धेरै बेर नबस्न, मास्क र फेससिल्ड राम्रोसँग प्रयोग गर्न भनिरहेका थिए । उनी अस्पतालभित्र कोभिड १९ का बिरामीको हाच्छ्युँ र खोक्दा हावामा समेत भाइरस उडिरहेको छ, भन्दै सतर्क गराउँदै थिए ।

उनले उपचारमा खटिएका स्वास्थ्यकर्मी, कुरुवा र भेट्न आउन बिरामीका आफन्तहरूले सावधानी अपनाउन नसके बच्न मुस्किल रहेको बताए । ‘हरघडी बिरामीलाई कहाँ राख्ने तनावमा रहनुपरेको छ,’ उनले भने । उनी आफू इमर्जेन्सी फाँटमा आएका बिरामीहरूलाई ठाउँ मिलाउन व्यस्त देखिन्थे । अस्पतालको इमर्जेन्सी कक्षमा कोरोना पोजिटिभ र अन्य बिरामीले भरिएको थियो । यहाँ बिरामीको कोलाहल र छटपटी मात्रै देखिन्थ्यो ।

उनले आपत्कालीन अवस्थामा आएका बिरामीको पहिलो ‘होल्डिङ सेन्टर’ नै इमर्जेन्सी फाँट भएकाले सबैखाले बिरामी पहिले यही भर्ना हुने गरेको बताए । ‘इमर्जेन्सीबाटै स्वाब लिएर कोरोना परीक्षण गर्न पठाउने गरेका छौं,’ उनले भने, ‘पोजिटिभ पुष्टि भएपछि कोरोना बेडमा भर्ना गर्न पठाउने गरेका छौं ।’ अन्तिम अवस्थामा अस्पताल आउनेहरूको त रिपोर्ट आउने बेलासम्म ज्यान गइसक्ने गरेको उनले बताए ।

‘मैले आफ्नो ३२ वर्षे सेवा अवधिमा यस्तो विपत्ति कहिल्यै देखेको थिइनँ,’ उनले भने । उनका अनुसार २०५१÷५२ मा इन्सफ्लाइटिस र औलो पनि महामारीका रूपमा फैलिएको थियो । त्यसबेला पनि बिरामीले अस्पतालमा शय्या यसरी नै भरिएका थिए । उनले भने, ‘तर यस्तो मृत्युको चीत्कार सुन्न परेको थिएन ।’

अहिलेको चुनौती, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफू पनि बच्ने र बिरामीको पनि सेवा गर्नु रहेको उनले बताए । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले हालसम्म सेती अस्पतालका १२ स्वास्थ्कर्मी संक्रमित भइसकेको बताए । ‘निको भएर पुनः निडरताका साथ काममा फर्केका छन्,’ उनले भने, ‘यसरी फर्कन नसकेको भए अहिले बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीको अभाव बढ्थ्यो ।’

बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.