धनगढी, २० असोज / कैलालीको बर्दगोरिया गाउँपालिकामा नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत गाउँपालिका अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट प्रमोद मल्लको सभापतित्वमा गाउँपालिका कार्यसमिति निर्वाचित भएको छ। अध्यक्षसहित ६ जना पदाधिकारी र ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
अधिवेशनले गाउँपालिकामा पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै आगामी महाधिवेशनका लागि आवश्यक सांगठनिक प्रक्रिया अघि बढाउने आधार तयार गरेको कांग्रेसले जनाएको छ।
नवनिर्वाचित सभापति मल्लले पार्टीलाई एकताबद्ध बनाउँदै संगठन विस्तार र कार्यकर्ताको सक्रियता बढाउनेतर्फ आफ्नो भूमिका केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कैलालीका विभिन्न स्थानीय तहमा अधिवेशन तथा नेतृत्व चयनको प्रक्रिया जारी रहेको छ।