डोटी,२० असोज / बुधबार डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
बिहान गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ९ जना घाइते भएका हुन ।
घाइते हुनेमा जोरायल गाउँपालिका–१ का ३३ वर्षीय अमर सिजाली मगर, ४६ वर्षीय डम्बर थापा, १८ वर्षीय भरत थापा मगर, १८ वर्षीय विवस थापा मगर, ५२ वर्षीय जितबहादुर विक, ३२ वर्षीय रुपलाल विक, ३२ वर्षीया अनिषा विक, ३५ वर्षीय हर्कबहादुर थापा मगर र ३ वर्षीया करिश्मा विक रहेका छन् ।
ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए । प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाएको जनाएको छ । ट्याक्टर सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ