बैतडी, १८ असोज / बैतडीका पाँच जना खेलाडी नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सञ्चालन गरेको प्रतिभा खोज (ट्यालेन्ट हन्ट) कार्यक्रमबाट अर्को चरणका लागि छनौट भएका छन् ।
बैतडीमा सञ्चालन गरिएको प्रतिभा खोज कार्यक्रमबाट सुमितसिंह बुडाल, रुपेश चन्द, जयबहादुर नाथ योगी, हिंमाशुसिंह धामी र भाष्कर जोशी अर्को चरणका लागि छनौट भएका हुन् ।
छनौट भएका खेलाडीहरुलाई भोलि धनगढीमा सम्पर्क राख्न सुदूरपश्चिम रोयल्सले आग्रह गरेको छ ।