धनगढी: सूदूरपश्चिम प्रदेशको डोटीमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ की २१ वर्षीया कलादेवी कडायतको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक मल्लका अनुसार गाउँ नजिकैको कोइरेलीगाड जंगलमा घाँस काट्न गएकी कलादेवीको भीरबाट लडेर मृत्यु भएको हो ।
घटनास्थलमै कडायतको मृत्यु भएकी उनको शव शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको छ ।
