धनगढी: कोरोनाका कारण अक्सिजन अभावले दैनिक सँक्रमितको अकाल मृत्यु भइरहेको बेला प्याब्सन धनगढीले धनगढी क्षेत्र भित्रका आफ्ना सदस्य विद्यालयबाट आर्थिक संकलन गरि दिर्घकालीन रूपमा अक्सिजन प्लान्ट जडान गरिरहेको धनगढी उपमहानगरपालिकालाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
प्याब्सन कैलालीका वरिष्ठ उपाध्यक्ष एबम अर्थ संकलन समितिका संयोजक टोपेन्द्र शाहले धनगढी उप महानगर पालिकाका नगर प्रमुख नृपबहादुर वडलाई दुई लाख बासठ्ठी हजार पाँच रूपैयाको चेक हस्तान्तरण गरेका हुन ।
उक्त रकम ग्रहण गर्दै नगर प्रमुख वडले प्याब्सन धनगढीलाई अक्सिजन प्लान्ट जडानमा सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरेका छन् ।