• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीमा अक्सिजन आपूर्तिका लागि चन्दा संकलन, ६ दिनमै आठ लाख उठ्यो

धनगढी: जिल्ला अस्पताल बैतडीमा अक्सिजनको अभाव देखिएपछि अक्सिजन आपूर्तिका लागि जनस्तरबाटै चन्दा संकलन अभियान सञ्चालन गरिएको छ।

दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाईमा जेठ २ गते सुरु भएको उक्त अभियानमा हालसम्म ८ लाख बढी लाख रुपैयाँ संकलन भइसकेको छ। हालसम्म ८ लाख ३ हजार७ सय २६ रुपैयाँ संकलन भएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठान अध्यक्ष तथा अभियन्ता विनोदबहादुर चन्दले जानकारी दिए।

कोरोना भाईरसको महामारी तीव्र रुपमा फैलिँदै गएको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएको खबर आएपछि सो अभियान सञ्चालन गरिएको चन्दको भनाइ छ।

उनले भने, ‘जनस्तरबाटै चन्दा संकलन गरेर संकलन गरिएको उक्त रकम अक्सिजन आपुर्तीलगायतमा खर्च गरिरहेका छौं।’

यसका साथै जम्मा भएको रकमले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेर अस्पताललाई हस्तान्तरण गर्ने तयारी भएको उनले बताए। नेपालका थुप्रै ठाउँमा अक्सिजन सिलिण्डरका लागि कुरा गरेका भएपनि पाउन मुस्किल भयो उनले भने,‘सिंगापुरको एक कम्पनीसंग ५ वटा १० लिटरका कन्सन्ट्रेटर खरिदका लागि कुरा भइसकेको छ, केही दिनमै अस्पताललाई हस्तान्तरण र्छौ’ यसका साथै अक्सिजनसिलिण्डर भर्न, अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री र ढुवानीमा पनि प्रतिष्ठानले सहयोग गरिरहेको छ।

कोरोना भाईरसका संक्रमितहरुलाई अक्सिजन अभाव भएकाले अस्पतालमा अक्सिजन खरिदका लागि सहयोग गर्ने हिसाबले यो अभियान सञ्चालन प्रतिष्ठानका आजीवन सदस्य तथा अभियन्ता महेश भट्टले बताए। उनले भने,‘यस अभियानमा सहभागी भइ सबैले सक्दो सहयोग गर्न आग्रह छ, यो महामारीको बेला तपाईको सानो सहयोगले कसैको ज्यान बच्न सक्छ’

सहयोग गर्नुहुने महानुभावहरुले प्रतिष्ठानको राष्ट्रिय वाणिज्य बैंक बैतडीमा रहेको खाता नम्बर ४०५०१००००६९३५०१० मा रकम जमा गर्न सकिने बताइएको छ।

यसैबीच जनस्तरबाटै चन्दा संकलन गरी अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराउने गरी जारी रहेको उक्त अभियानले निकै सहयोग पुगेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जाशीले बताए। प्रतिष्ठानले अक्सिजन सिलिण्डर ढुवानी, स्वास्थ्य सामग्री ढुवानी र अक्सिजन सिलिण्डर किन्न पहल गरेको छ। उनले भने,‘महामारीको बेला सहयोग आउनु निकै सकारात्मक कार्य हो।’

बैतडीमा हाल ९ सय बढी कोरोना सक्रिय संक्रमित रहेका छन् भने १३ जनाको मृत्यु भइसकेको छ।

चार सय बेडका आइसोलेसन सेन्टर सञ्चालनमा

बैतडीमा चार सय बेड क्षमताका आइसोलेसन सेन्टर निर्माण गरिएको छ। जिल्लाका १० वटै स्थानीय तहमा गरि हालसम्म चारसय बेडका आइसोलेसन सेन्टर स्थापना गरिएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि यहाँका स्थानीय तहहरुले संक्रमितको उपचारका लागि आइसोलेसन बेड निर्माण गरिएका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। भारतसँग सीमा जोडिएको जिल्ला भएकोले यहाँ संक्रमणको उच्च जोखिम रहेको छ।

सीमानाका झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना भइसकेको छ भने जिल्लाका १० ओटै स्थानीय तहका विभिन्न ठाउँमा कोरोना संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन सेन्टर स्थापना गरेका हुन्।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी १२१ बेडको आइसोलेसन सेन्टर स्थापना गरिएका छन्। यस्तै, पञ्चेश्वर गाउँपालिकामा ६४,पाटन नगरपालिकामा ६०,सिगास गाउँपालिकामा ४७,सुर्नया गाउँपालिकामा ३२,शिवनाथ गाउँपालिकामा ३०,दोगडाकेदार गाउँपालिमा २४,डिलाशैनी गाउँपालिमा १०,पुर्चौडी नगरपालिकामा ७ र मेलौली नगरपालिमा ५ बेडको आइसोलेसन सेन्टर सञ्चालनमा रहेको छ।

जिल्लामा कोरोना संक्रमित बढ्दै गइरहेकोले उनीहरुको उपचारका लागि आइसोलेसन सेन्टर निर्माण गरिएका स्वास्थ्य कार्यालयका प्रमुख भट्टको भनाई रहेको छ। संक्रमितबाट अरु व्यक्तिमा संक्रमण नसरोस् भनेर संस्थागत आइसोलेसन निर्माण गरिएका हुन्। उनले भने,‘संक्रमितले आइसोलेसनमा बस्दा समुदायमा संक्रमण फैलिने सम्भावना कम हुन्छ’

जिल्लामा ४ सय बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरिएपनि आधाभन्दा बढी घरमै बसिरहेका छन्। हाल बैतडीमा ९ सय ४४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। जसमध्ये आइसोलेसनमा बस्नेको संख्या जम्मा १६२ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। अरुसबै घरमै बसिरहेका छन्।

घरमै बस्दा घरपरिवार तथा समुदायमा संक्रमण फैलिने सम्भावना बढी हुने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्तराज जोशीले बताए। होम आइसोलेसनको नाममा घरमै बस्न खोज्छन् तर त्यहाँ होम आइसोलेसनको पालना गर्दैनन् उनले भने,‘होम आइसोलेसनमा बस्दा एउटै शौचालय,एउटै धारा प्रयोग गर्छन्, सरसफाईमा ध्यान दिदैनन्, घरपरिवारसंगै घुलमिल हुन खोज्दा जोखिम बढ्दै जान्छ,’

संक्रमितले घरमै बसेपनि होम आइसोलेसनको पालना नगर्दा समुदायस्तरमा कोरोनाको संक्रमण फैलिँदै गएको समेत डाक्टर जोशीको भनाई छ उनले भने,‘संक्रमितले संस्थागत आइसोलेसनमा बस्न नमान्दा संक्रमणको जोखिम बढेको छ, यसमा स्थानीय तहले चाँसो दिनुपर्छ’यसका साथै अझै पनि स्वास्थ्य मापदण्ड पालना नगर्दा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

बैतडीमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जेठ गतेसम्म निषेधाज्ञा जारी छ।

 

शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.