धनगढीः अक्सिजन कन्सन्ट्रेटर अब कैलालीको धनगढीबाटै खरिद गर्न सकिने भएको छ। धनगढीस्थित अमेजोन सर्जिकल एण्ड सप्लायर्सले ७ लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर बिक्रीको लागि राखेको छ।
सप्लायर्सले हाल यूवेल कम्पनीका १२ वटा अक्सिजन कन्सन्ट्रेटर बिक्रीका लागि राखेको छ। वाईभी ९३०० मोडेलको सो कन्सन्ट्रेटरको मूल्य ९९ हजार निर्धारण गरिएको छ।
अक्सिजनको चरम अभाव भइरहेको अवस्थामा केही सहजता होस् भनेर अक्सिजन कन्सन्ट्रेटरको बिक्री वितरण गर्न थालेको अमेजोन सर्जिकल एण्ड सप्लायर्सका सञ्चालक निरज थापाले बताए।
बजार माग अनुसार थप कन्सन्ट्रेटरको आपूर्ति गरिने सञ्चालक थापाको भनाइ छ।