ललित सिंह
बझाङ ७ जेठ/बझाङमा रहेका युवा व्यवसायी जिवन बहादुर सिंहले निशुल्क खाना वितरण अभियान संचालन गरेका छन्। सिंहले शुक्रबार देखी जिल्ला अस्पताल सिमखेतमा रहेका कोरोना प्रभावित तथा कुरुवाहरुलाई निशुल्क खाना वितरण सुरु गरिरहेका छन ।
अस्पतालमा कोरोनाको परिक्षण सुरु भएदेखि नै उपचार गराउन आउने बिरामी तथा उनका कुरुवाको बिजोग बन्दै गएको थियो । लकडाउनका कारण सम्पूर्ण खाना खाने होटल बन्द हुँदा प्रभावित भएका थिए । खाना खाने होटल, बन्द हुँदा र लकडाउनमा सडकमा हिँड्दा प्रहरीले समेत हिड्न नदिएकाले सिंहले खानाको व्यवस्थापन गर्दै आएका छन ।
‘खाना खाने होटल, बन्द हुँदा र लकडाउनमा सडकमा हिँड्दा प्रहरीले हिड्न समेत नदिने गरेका थिए । एक कुरुवाले भने, सिंहले समयमै हामीलाई खानाको व्यवस्थापन गरी गरेको सराहनीय कार्यलाई हामीले कहिले बिर्सन सक्दैनौँ ।’ साथै निशुल्क खाना वितरण अभियानका युवा व्यवसायी जिवन बहादुर सिंहले भने, “ दिनमा ५० जना देखि ७० जनाको हाराहारीमा खाना खुवाउने गरेका छौ । बन्दा बाहेक सबै तरकारीको मुल्य आकासियो ।
सरोकारवालाहरु मौन बसेका छन । बजार अनुगमन नहुदा मारमा परेका छौ । हाम्रो अभियानमा देश विदेशबाट धेरै जना जोडियर सहयोग गरिरहनु भएको छ । कसैले आर्थिक सहयोग, कसैले खाध्यान्न सहयोग, कसैले ग्याँस सिलिन्डर आफुले जे सहयोग गर्न भ्याउन सकिन्छ त्यो सहयोग गरि राख्नु भएको छ । ”
औषधि, खाना वा अन्य कुनै पनि प्रकारको सेवा लिनुपरेमा ९८४८६०७६४७, ९८६४५९५९९४, ९८६८४०६६२० र ९८४८७५५२८८ मा फोन सम्पर्क गर्न पनि सिंहले अनुरोध गरेका छन ।