काठमाडौं/भारतले नेपालका दुईवटा जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् आयात गर्न अनुमति दिएको छ । भारतले काबेली ९बी१० २४।२५ मेगावाट तथा तल्लो मोदी १९।४ मेगावाट उत्पादन भएको विजुली आयातका लागि अनुमति दिएको हो ।
योसँगै नेपालले भारतमा ४५२।६ मेगावाट विद्युत् निर्यात गर्न पाउने भएको छ ।नेपालले गएको जेठदेखि भारतमा बिजुली निर्यात थालेको हो । जसबाट ११ अर्ब १६ करोड आम्दानी भएको छ । मंसिर लागेसँगै विद्युत् निर्यात घटेको छ । अब सुख्खा याममा भारतबाट बिजुली आयात गर्नुपर्छ ।