धनगढी,१७ असोज
धनगढीको शिवपुरी धाम तेक्वान्दो डोजाङ्गद्धारा दशै तिहार र छठ पर्वको अवसरमा शुक्रवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले गरेका थिए । कार्यक्रमका खेलकुदका क्षेत्रमा योगदान पु¥याएको भन्दै जिल्ला खेलकुद विकास समिति कैलालीका निवर्तमान अध्यक्ष दिपकबहादुर सिंहलाई सम्मान समेत गरिएको छ ।
शुभकामना मन्तब्य राख्दै नगरप्रमुख वडले धनगढी खेलकुदको हव भएको बताए । हामीले सबै किसिमका खेलकुदहरुलाई समान प्राथमिकतामा राखेर काम गरिरहेका छौं नगरप्रमुख वडले भने,एक वडा एक खेलमैदान निर्माण गर्ने अभियान हाम्रो छ । अक्सर सबै वडामा खेल मैदान निर्माण गर्ने काम भैरहेको नगरप्रमुख वडले बताए ।
नगरप्रमुख वडले खेलाडी भएको समाज र बस्ती अनुशासित हुने गरेको बताए । उनले भने, त्यसैले स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर खेलकुद समाजका लागि पनि त्यतीकै महत्वपूर्ण रहेको छ । खेलाडीहरु परिवारको मात्रै सम्पती नभएर देशकै सम्पती हुन नगरप्रमुख वडले भने, त्यसैले खेलाडीको सम्मान गर्न जान्नुपर्दछ । खेलकुदको क्षेत्रबाट बिश्वमा राजनितिक क्षेत्रमा प्रवेश गरेका ब्यक्तिहरु थुप्रै छन् नगरप्रमुख वडले भने, समाजमा स्थापीत हुनका लागि पनि खेलकुद बिधा महत्वपूर्ण छ ।
शिवपुरीधाम तेक्वान्दो डोजाङ्गद्धारा शुभकामना आदानप्रदान
शिवपुरीधाम तेक्वान्दो डोजाङ्गद्धारा शुभकामना आदानप्रदान
