धनगढी, १० साउन / प्रोटोनको नयाँ विद्युतीय सवारी ‘ई-मास ५’ को धनगढीमा औपचारिक शुभारम्भ गरिएको छ। आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा उच्च सुरक्षा सुविधासहित बजारमा ल्याइएको उक्त गाडीको शुभारम्भ कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले गाडीको प्रत्यक्ष अवलोकन गर्नुका साथै यसको प्रविधि, कार्यसम्पादन, ब्याट्री क्षमता, सुरक्षा प्रणाली तथा अन्य विशेषताबारे जानकारी लिएका थिए। कार्यक्रममा देखिएको उत्साहका बीच केही ग्राहकले सोही दिन ई-मास ५ खरिदसमेत गरेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार नयाँ मोडेलले नेपाली विद्युतीय सवारी बजारमा सुलभ मूल्यमा आधुनिक प्रविधियुक्त विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ। अत्याधुनिक फिचर, आरामदायी यात्रा अनुभव र सुरक्षा सुविधाले ई–मास ५ लाई विद्युतीय सवारी प्रयोगकर्तामाझ लोकप्रिय बनाउने विश्वास कम्पनीको छ।
नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको सन्दर्भमा प्रोटोनले ई-मास ५ ले ग्राहकको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने जनाएको छ। कम्पनीले बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता तथा ग्राहकमैत्री सेवामार्फत पनि उपभोक्ताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेको छ।
धनगढीबाट औपचारिक रूपमा बजारमा प्रवेश गरेको ई–मास ५ नेपाली विद्युतीय सवारी बजारमा प्रतिस्पर्धी विकल्पका रूपमा स्थापित हुने कम्पनीको विश्वास रहेको छ।
