काठमाडौँ, १४ पुस । सेयरबजारमा आज हरियाली छाएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.५१ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव २६ अंकले बढेको हो।
बुधबारको कारोबारमा २२८ कम्पनी सामेल भएका छन्। यसअनुसार कम्पनीहरुको ५६ लाख बढी कित्ता सेयर बिक्री भएको छ। आज ३ अर्ब ६२ करोड ३४ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
१३ मध्ये व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानी समूहबाहेक अरुको सूचक हरियो भएको छ।
आज नेपाल बंगलादेश बैंक र मध्यभोटेकोशीका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाउँदा अन्य लगानीकर्ताले कम कमाएका छन्।
गुमाउने लगानीकर्ताले प्रतिकित्ता सेयरमा अधिकतम ३.३९ प्रतिशतसम्म गिरावट व्यहोरेका छन्।
आज पनि हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ५२ करोड रुपैयाँको कारोबार भएको छ।