• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

२३ सयको बिन्दुमा झर्‍यो सेयर बजार

काठमाडौं, २६ मंसिर । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा भारी अंकको गिरावट आएको छ । पछिल्लो समय नेपाली सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ ।

३२ सयको बिन्दु चुमिसकेको नेपाली सेयर बजार अहिले २३ सयको बिन्दुमा झरेको छ । बजारमा भारी गिरावट आएसँगै आम लगानीकर्ताहरु त्रसित हुन थालेका छन् ।

बजारमा दिनहुँजसो भारी गिरावट आउन थालेसँगै लगानीकर्ताहरुले सामाजिक संजालभरि नो भोट अभियान चलाएका छन् । उनीहरुले राजनीतिक दलहरुलाई चुनौती दिन ‘नो भोट’ अभियान चलाएका हुन् ।

बजार घट्दा लगानीकर्ताहरुले करोडौँ घाटा व्यहोरेका छन् । बजार घटिरहँदा बजार ‘बियरिस ट्रेन्ड’ गएको त हैन रु भन्ने प्रश्न पनि लगानीकर्ताहरुको मनमा उब्जिएको छ ।

तर कतिपय ठूला लगानीकर्ता, सेयर विश्लेषक तथा जानकारहरु भने बजार बढ्नको लागि आएको करेक्सन मात्र हो भनेर तर्क बितर्क गरिरहेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालभरि सेयर बजारको चर्चा हुन् थालेको छ । आम लगानीकर्ताको आकर्षणको केन्द्र बनेको सेयर बजार निरन्तर ओरालो लागेसँगै यसको बारेमा तर्क वितर्क गर्नेको संख्या पनि बढ्न थालेको हो ।

यसैबीच बजार घटिरहँदा नयाँ तथा साना लगानीकर्ता भने आत्तिएका छन् । कतिपय विश्लेषक भने अहिले बजार प्रवेश गर्ने बेला भएको भन्दै तर्क दिइरहेका छन् ।

आज आइतबार मात्रै सेयर बजारमा ३.६२ प्रतिशतको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा पुगेको छ । नेप्से लामो समयपछि २३ सयको बिन्दुमा झरेको हो ।

आज कुल २२८ कम्पनीको ७२ लाख २३ हजार २४० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २५२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज १३ उपसमूहमा १३ वटै उपसमूहको सेयरमूल्य घटेको छ । जसमा सबैभन्दा बढी व्यापार समूहको ७.४५ प्रतिशतले घटेको छ ।

त्यसैगरी, विकास बैंक समूहको ६.४१ प्रतिशत, फाइनान्स समूहको ४.६५ प्रतिशत, निर्जीवन बीमा कम्पनीको ४.५३ प्रतिशत, हाइड्रोपावर समूहको ४.५२ प्रतिशतले गिरावट आएको छ ।

 

आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.