काठमाडौं, १९ मंसिर । साताको पहिलो कारोबार दिन आज सेयर बजारले अरोलो यात्रा तय गरिरहेको छ । बजार खुलेको डेढ घण्टामा बजार ५७ अंकभन्दा बढीले घटिसकेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५७.५८ अंकले घटेर २५२.८६० बिन्दुमा पुगेको छ । सो अवधिसम्म २२२ कम्पनीको ३४ लाख ५९ हजार ९८१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ६१ हजार ८१ रुपैयाँको कारोबार भएको छ ।
यो अवधिसम्म १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । बजारमा पहिरो जाँदा पनि न्यादी हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।.