काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ९१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५४ तथा एन्टिजेन विधिबाट ४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३४२ जना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख २ हजार ३८९ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ९६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । यहि अवधिमा थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।
यो सँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५२३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख २७ हजार ६११ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । २७ हजार ६११ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।
