• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैंकहरूले ३ महिनामा कमाए १८ अर्ब

काठमाडौँ, १६ कार्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वाणिज्य बैंकले कुल १८ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूको खुद नाफा करिब २४ प्रतिशत बढेको हो । २०७७ असोजमा ती बैंकको कुल नाफा १४ अर्ब ६० करोड रुपैयाँ थियो । २०७६ असोजको तुलनामा २०७७ को सोही अवधिमा बैंकहरूको खुद नाफा ६ प्रतिशत घटेको थियो ।

चालु आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिन थालेको थियो । सोही कारण केही बैंक तथा वित्तीय संस्थालाई आर्थिक वर्षको सुरुदेखि नै कर्जा प्रवाहमा समस्या पर्न थाल्यो । तर अर्थतन्त्रमा सुधारसँगै आर्थिक गतिविधि बढेकाले कर्जा माग बढेको छ । कर्जा माग बढेपछि तरलता अभावबीच पनि बैंकहरूको खुद नाफा उत्साहजनक रूपमा बढेको जानकारहरू बताउँछन् ।

गएको तीन महिनामा बैंकहरूको व्यवसायको आकार धेरै बढेकाले नाफामा पनि वृद्धि देखिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाइ छ ।

‘अहिलेको तीव्र प्रतिस्पर्धाको बजारमा बैंकहरूले व्यवसायको आकार धेरै बढाएका छन् । यही कारण केही मात्रामा नाफा बढाउन सम्भव भएको हो,’ उनले भने, ‘यसकारण पनि नाफामा सुधार भएको हुन सक्छ ।’ गत असोज मसान्तसम्म तरलता संकट धेरै नभएको र त्यतिबेला एकरदुई बैंकले मात्र कर्जा रोकेकाले वित्तीय विवरणमा तरलताको असर देखिइनसकेको उनले बताए । ‘तरलता अभावको असर बल्ल देखिन थालेको छ,’ उनले थपे ।

गत असोजसम्म १ अर्ब १८ करोड रुपैयाँसहित एनआईसी एसिया बैंक सबैभन्दा धेरै नाफा गर्ने बैंकको पहिलो नम्बरमा परेको छ । धेरै नाफा आर्जन गर्नेको दोस्रो सूचीमा नबिल बैंक छ । यो बैंकको खुद नाफा १ अर्ब ११ करोड छ । १ अर्ब ११ करोड कमाएर ग्लोबल आईएमई बैंक तेस्रो, १ अर्ब ५ करोड रुपैयाँ कमाएर राष्ट्रिय वाणिज्य बैंक चौथो र १ अर्ब ४ करोड रुपैयाँ मुनाफा गरेर एनएमबी बैंक पाँचौं नम्बरमा छन् । पहिलो त्रैमासमा उल्लिखित ५ बैंकले एक अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् । बाँकी बैंकको नाफा एक अर्ब रुपैयाँभन्दा कम छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म चारवटा बैंकले मात्र एक अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका थिए ।

पहिलो त्रैमासमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक बैंक अफ काठमान्डू बनेको छ । तीन महिनामा यो बैंकको खुद नाफा २५ करोड ३४ लाख रुपैयाँ मात्र छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको स्प्रेड ९कर्जा निक्षेपबीचको ब्याज अन्तर० भने एक प्रतिशत बिन्दुभन्दा धेरैले खुम्चिएको देखिन्छ ।

तथ्यांकअनुसार गत असोजमा बैंकहरूको स्प्रेड औसत ३।२४ प्रतिशत थियो । गत आर्थिक वर्षको सोही अवधिमा यो दर ४।३५ प्रतिशत थियो । तीन महिनामा बैंकहरूको ब्याज आय करिब साढे १२ प्रतिशत बढेको छ । पहिलो त्रैमासमा २७ वटा बैंकको कुल ब्याज आय ९३ अर्ब २ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ८२ अर्ब ७० करोड रुपैयाँ थियो ।

आर्थिक वर्षको सुरुमै बैंकहरूको कर्जा विस्तार तीव्र गतिले भएको देखिन्छ, जसअनुसार पहिलो त्रैमासमा बैंकहरूको कर्जा वृद्धिदर करिब ३२ प्रतिशत छ । यो राष्ट्र बैंकले तय गरेको कर्जा विस्तारको वार्षिक लक्ष्यभन्दा बढी हो । सोही अवधिमा बैंकहरूको निक्षेप संकलन करिब १७ प्रतिशत मात्र बढेको देखिन्छ । निक्षेप संकलनको तुलनामा कर्जा विस्तार तीव्र भएकाले वित्तीय प्रणालीमा तरलता अभाव रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

सोमबार एक अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड महामारीका कारण सुस्ताएको अर्थतन्त्र केही महिनायता तीव्र गतिको लयमा फर्किंदा वित्तीय प्रणालीमा तरलतामा अभाव देखिएको बताए । आर्थिक पत्रकार समाज ९सेजन० ले सोमबार आयोजना गरेको ‘गहिरिँदो तरलता अभाव स् कारण र समाधान’ विषयक अन्तर्क्रियामा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन अवधिमा बैंकहरूको कर्जा विस्तार शून्य बराबर रहेकामा अहिले अर्थतन्त्र फेरि लयमा फर्किंदा कर्जा माग अत्यधिक बढेकाले तरलतामा चाप परेको उनको भनाइ थियो ।

‘गत साउनको तेस्रो साताबाट आर्थिक गतिविधि लयमा फर्किन थाले । अघिल्लो वर्षको पोलिसी इन्टरभेन्सनपछिको रिकभरी सुरु भयो,’ अधिकारीले भने, ‘सरकार र राष्ट्र बैंकको नीति तथा व्यावसायिक समुदायको जागरुकताका कारण अर्थतन्त्र पुनरुत्थान (रिकभरी) को गति अत्यन्त राम्रो भयो । फलस्वरूप कर्जाको माग बढेको हो ।’

राष्ट्र बैंकका अनुसार गत साउनदेखि आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले करिब ३ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । सोही अवधिमा कुल निक्षेप ६० देखि ७० अर्ब हाराहारीमा मात्र छ । ‘उक्त अवधिको कुल कर्जा विस्तारमध्ये ५० प्रतिशतभन्दा बढी आयात प्रवाह भएको छ,’ उनले भने, ‘यो डरलाग्दो अवस्था हो । अब सो क्षेत्रमा कर्जा विस्तार कम गरेर उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्छ ।’

अहिले थप कर्जा विस्तारका लागि बैंकहरूलाई समस्या भए पनि कर्जा रोक्नुपर्ने अवस्था आउन नदिने अधिकारीले बताए । ‘अनुत्पादक क्षेत्रमा कर्जा रोक्नुस्, आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्नुस् ।

राष्ट्र बैंकले बजारमा स्रोत अभाव हुन नदिने वातावरण बनाउँछ ।’ गएका महिनाहरूमा दिन नहुने क्षेत्रमा पनि बोलाइ–बोलाइ कर्जा दिएकाले तरलता अभाव भएको उनको भनाइ छ ।

मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.