काठमाडौं, ३१ साउन । नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ९० हजार ७ सय रुपैँया कायम भएको छ ।
शुक्रबार सुनको मूल्य ८९ हजार ७ सय रुपैँयामा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य २० रुपैँयाले बढेको छ ।
महासंघका अनुसार शुक्रबार एक हजार १ सय ८५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आइतबार एक हजार २ सय ५ रुपैँया कायम भएको छ ।