धनगढी, १६ भाद्र– नमुना युवा क्लव धनगढी उपमहानरपालीका १२ जुगेडा ‘बि गाउ’को आयोजनामा बृहत तिज बिशेष सास्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा बिष्णु ग्रुप प्रथम, नन्दा बिष्ट आईस्मा समुह दृतिय र सोनाली बिक समुह तृतिय भएको छ । साथै नमुना युवा क्लवले जनचेतना मुलक नाटक समेत प्रस्तुत गरेको थियो ।
नमुना युवा क्लवका अध्यक्ष पुर्ण खड्काको सभापतित्वमा भएको बृहत सास्कृतिक कार्यक्रमको प्रमुख अतिथी धनगढी उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्ष गणेश जोशी रहेका थिए । कार्यक्रममा अस्थाई प्रहरी चौकी जुगेडाका ईन्चार्ज भरत अधिकारी, मनकामना युवा क्लव जुगेडाका अध्यक्ष तथा पशुपति ईटा उद्योगका संचालक डबल थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा क्षेत्र लगाएतका महिला पुरुषहरु तिजको शुभकामना आदानप्रदान गर्नुका साथै नाच गान गरेका थिए । कार्यक्रमको संचालन रतन बिष्ट र शुष्मा बिष्ट खातीले गरेका थिए ।
कार्यक्रमको मुख्य प्रायोजक पशुपति ईटा उद्योग बि गाउ, सह–प्रयोजक खप्तड ईटा उद्योग बि गाउ र प्रबर्दक धनगढी उपमहानगरपालिकाको १२ नम्बर वडा कार्यालय रहेको थियो ।





