धनगढी, चैत ३/ कैलालीको गोदावरी नगरपालिका वडा नं ५ को कार्यालय आज बन्द हुने भएको छ ।
वडा कार्यालयमा रहेको अतिरिक्त हुलाक कार्यालयका कर्मचारी भिम बहादुर थापाको निधन भएकाले आज एक दिन वडा कार्यालयको सेवा सुबिधा बन्द गरिएको वडा नं ५ का अध्यक्ष कर्ण सिंह बोहराले जानकारी दिए । थापाको हिजो साझँ निधन भएको थियो ।
थापाको असामयीक निधनप्रति वडा कार्यालय परिवार र सम्पूर्ण वडाबासीहरु अन्त्यन्तै मर्माहित बनाएको र यस दुखद घडीमा शोकसन्त परिवारमा धैर्य धारण गर्ने शक्त मिलोस वडा कार्यालयले जारी गरेको सुचनामा भनिएको छ ।