धनगढी, चैत ३/ बझाङमा भीरबाट लडेर एक पुरुषको ज्यान गएको छ ।
जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ६ का ३० वर्षिय जसबिरे धामीको भीरबाट लडेर ज्यान गएको हो ।
उनी घर नजिकै मिस्त्रीको काम गर्दै आएका थिए । आईतबार कामबाट घर फर्किने बेला भीरबाट लडेको बताइएको छ ।