धनगढी, फागुन २२/धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भएको आगलागी भएको छ।
आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन्। प्रहरीले क्षतिको विवरण खुलाउन बाँकी छ।

आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

