धनगढी, फाल्गुन १७/ मानविय सेवामा अनेकौं प्रयास साईन नेपाल संस्थाले गरेको निशुल्क कम्प्युटर कोर्ष सुरु गरेको छ। सोमबार एक अनौपचारिक कार्यक्रमको आयोजना गर्दै संस्थाले १ सय ६४ जनालाई निशुल्क कम्प्युटर कोर्षमा सहभागि गराको हो।
धनगढी उपमहानगरपालिकालाई कम्प्युटर प्रविधि क्षेत्रमा सुदृढ बनाउने हेतुले सञ्चालन गरेको निशुल्क कम्प्युटर कोर्षमा प्रशिक्षार्थीहरु सहभागी गराएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए । उनले गरिब,विपन्न ,असहाय तथा उत्पीडित परिवारका व्यक्तिहरुको आर्थिक पक्ष सुधार गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको बताए।
विभिन्न सामाजिक पक्षका कमजोरीहरुलाई सुधार गरि व्यक्तिहरुलाई उपार्जनमुखी बनाउने लक्ष्यका साथ अघि बढेको साईन नेपाल संस्थाले सुदुरपश्चिमका १२ वटा स्थानिय पालिकाहरुमा समन्वय गरि केयर एण्ड रिलिफ परियोजना कार्यक्रम गरिरहेको छ ।
