धनगढी,फागुन १०/ कञ्चनपुरकी अधिकारकर्मी शारदा चन्दसहित ६ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ। निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन जाँदा कञ्चनपुरको दैजीबाट अधिकारकर्मी शारदा चन्दसहित ६ जनालाई प्रहरीले नियन्त्रण हो। अहिले चन्दसहित ६ जनालाई इलाका प्रहरी कार्यालय झलारीमा राखेको छ। पक्राउ पर्नेमा अधिकारकर्मी शारदा चन्द, आनन्दी राना, मिना भण्डारी,लक्ष्मी मल्ल, निर्मला जोशी भट्ट र खडक विष्ट रहेका छन्।
धनगढीबाट खटिएको प्रहरी टोलीले ६ जनामाथि लछारपछार गरेर घाईते बनाएर पक्राउ गरेको शारदा चन्दले बताईन्। प्रधानमन्त्रीलाई हामीले निर्मलाका हत्यारालाई पत्ता लगाउनका लागि ज्ञापन पत्र बुझाउन जाँदै थियो, उनले भनिन्,‘प्रहरीले माथिको आदेश छ भनेर हामीलाई रोकेर लछारपछार गर्यो।’ समय माग्दा समेत आफुहरुमाथि प्रहरीले अभद्र व्यवहार गरेको चन्दको आरोप छ।
हामीसँग भएका मोवाईल समेत प्रहरीले कव्जामा लियो, उनले भनिन्,‘लछापछार गर्दा कसैको आँखामा चोट छ, कसैको हातमा चोट लागेको छ, कपडाहरु च्यातिएको छ।’ उनले प्रहरीले हाम्रो मौलिक हकको समेत हनन गरेको आरोप लगाइन्। निर्मलाको हत्यारा खै र निर्मलालाई न्याय दे लेखिएको टिसर्ट २ जनाले लगाएको थियो भने ४ जनाले टिसर्ट नलगाएको अवस्थामा नियन्त्रण लिएको प्रहरीले जनाएको छ।