धनगढी, फाल्गुन ४/ नेपाली कांग्रेसका नेता एनपी साउदमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।
बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोराको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो ।
उक्त समूहले गरेको ढुंगामुढा गर्दा नेता साउदको पेटमा ढुंगा लागेको नेपाल प्रेस युनियनका महाकाली संयोजक हरिश भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरुको ढुंगामुढापछि कांग्रेसको आमसभा बिथोलिएको थियो ।

नेता भट्टका अनुसार कांग्रेसले आमसभा आयोजना गरेको स्थानमा अहिले सुरक्षाकर्मीको टोली पुगेको छ ।
जोशीसहित एक सयजना सोमबार कांग्रेस प्रवेश गरेका थिए । मंगलबारको कार्यक्रममा जोशीले सम्बोधन गर्ने क्रममा ओली समूहका कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।
जोशी गाउँपालिकाको कार्यालय सार्नका लागि गठित संघर्ष समितिका संयोजकसमेत हुन् । अहिले बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ।
