धनगढी, फाल्गुन ४/ गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा प्रकरणमा दोषाी नजिक प्रहरी पुगेको बताएका छन्।
मंगलबार सर्वोच्च अदालत, बार एशोसिएसन, महिला समितिले ज्ञापन पत्र बुझाएपछि थापाले प्रहरी घटनामा संलग्न व्यक्ति नजिक पुगेको बताएका हुन्।
साथै उनले घटनाको दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।