धनगढी, माघ २९/ कैलालीमा कर्णाली नदी किनारमा महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले मोहन्याल गाउँपालिका–७ कुहिनेस्थित कर्णाली नदीमा पानीमा तैरिरहेको अवस्थामा बुधबार महिलाको शव फेला परेको बताए।
स्थानीयले शव देखेर खबर गरेपछि पुगेको प्रहरी टोलीले नदीबाट शव निकालेर परीक्षणका लागि टीकापुर अस्पतालमा राखेको छ। शव मोहन्याल गाउँपालिका–७ कै अन्दाजी ५५ वर्षीया मैना दमाइको रहेको खुलेको प्रहरी निरीक्षक थापाले जनाए।
मानसिक अवस्था ठीक नभएकी दमाइले नदीमा हाम फालेको हुनसक्ने आशंका गरिएपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
