धनगढी, माघ २७ /कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिकामा सोमबार राति मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो ।
पुनर्वास नगरपालिका २ अरनिको बस्तीस्थित कच्ची सडक खण्डमा सोही स्थानका २० वर्षीय सन्जे सुनारले चलाएको से ४ प ५५४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करले घाइते भएकी सोही स्थानकी ५२ वर्षीया पोदे जोङ तामाङको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए।
मृतकको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। भने मोटरसाइकल चालक सुनार नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।