• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

अल्झनमै रह्यो महाकाली सिँचाइ आयोजना

"१ किलोमिटर पनि नहर खन्ने काम भएन "

धनगढी, माघ २७ / कञ्चनपुर र कैलालीको ३३ हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण कार्य अलपत्र परेको छ।

करीब तीन वर्षअघि तीन प्याकेजमा १५ किलोमिटर मूल नहर निर्माणका लागि ठेक्का दिइएको भए पनि सरकारी प्रक्रियागत अल्झनका कारण समायावधि सकिँदासम्म एक किलोमिटर पनि नहर खन्ने काम हुन सकेको छैन।

तीन वर्षभित्र काम सक्ने भनिए पनि ऐनाली जग्गाको क्षतिपूर्ति र नहर निर्माण क्षेत्रमा पनि सामुदायिक वनको रुख कटानको टुङ्गो नलाग्दा समस्या भइरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले जानकारी दिए।

एक दशकअघि शुरु भएको यस आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रबाट १३ किलोमिटर मात्रै मूल नहर निर्माण गरिएको छ। “सरकारी पक्षको ढिलाइका कारण अहिले निर्माणाधीन १५ किलोमिटर नहरमा संरचना निर्माण मात्रै भए”, निर्देशक बमले भने, “तर नहर भने खन्न शुरु भएको छैन।”

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा हुने मुआब्जा निर्धारण समितिको सिफारिसमा ऐलानी जग्गालाई मुआब्जा दिने विषय मन्त्रिपरिषद्को निर्णय हुन्छ। जिल्लाबाट निर्णयका लागि सिफारिस भएको लामो समय बितिसक्दा पनि सो कार्य मन्त्रालयमै अलपत्र छ। “वनको र मुआब्जाको काम चाँडै टुङ्गिने प्रक्रियामा रहेको खबर मात्रै आउँछ”, उनले भने, “यहाँ सोही विषय टुङ्गो नलाग्दा ठेकेदार पक्षले कामै गर्न पाएको छैन।”

१५ किलोमिटर मूल नहर निर्माणका लागि दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भएको थियो। “यो वर्ष निर्माणका लागि ३१ करोड आएको थियो, त्यसमध्ये रु १३ करोड पुरानो भुक्तानी दियौँ”, निर्देशक बमले भने, “अहिले आयोजनासँग काम गर्न रकम नै छैन।”जग्गा र वनको विषय टुङ्गो नलाग्दा साइफन, पुल, कल्र्भटलगायतका अन्य संरचनामा मात्रै बनेका छन्।

कैलालीको मालाखेतीसम्म १५१ किलोमिटरको नहर निर्माणका लागि २७ अर्ब लागत अनुमान गरिएको भए पनि आयोजना समयमा पूरा हुने सम्भावना न्यून रहेको छ। बितेको एक वर्ष कोरोना कहरका बेला पनि आयोजनाको निर्माण प्रभावित हुन पुग्यो। कोरोनापछि दैनिकी सामान्य बन्दै गइरहेका बेला निर्माण पक्षलाई सो अवधिको छ महिना म्याद थप भएको महाकाली सिँचाइ आयोजनाले जनाएको छ।

नहर निर्माण क्षेत्रमा करीब २६ हेक्टर क्षेत्रफल ऐलानी जग्गा र बेदकोट नगरपालिका क्षेत्रका चार समुदायिक वनमा केही हेक्टर रुख कटान गर्नुपर्ने छ। त्यसैगरी नहर निर्माणको जिम्मेवारी पाएको कुमार श्रेष्ठ निर्माण सेवाका इञ्जिनीयर प्रेमप्रसाद भाटले काम गर्ने क्षेत्र स्पष्ट नहुँदा समस्या भइरहेको बताए।

“क्षेत्र स्पष्ट गरिदिनु प¥यो, हामी समयमै काम सक्छौँ भनेर धेरै पटक आयोजनालाई पत्राचार पनि ग¥यौँ”, उनले भने। काम गर्ने क्षेत्र, जग्गाको क्षतिपूर्ति र वनको विषय अझै टुङ्गो लाग्न नसक्दा काम अगाडि बढाउन समस्या भएको उहाँको भनाइ छ।

नहर निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण सेवाका इञ्जिनीयर प्रेमप्रसाद भाटले भने, “ठेक्का पायौँ तर काम गर्ने ठाउँ उपलब्ध नहुँदा ढिलाइ हुन गएको छ।”

उनले आफूहरूले निर्माणको जिम्मा पाएको ४ दशमलव ८ किलोमिटर मूल नहरमा हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको बताए। आयोजनाको तर्फबाट समयमै निर्णय नहुँदा त्यसको नकारात्मक असर ठेकेदार कम्पनीलाई पनि पर्ने गरेको उनले बताए।

 

मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.