धनगढी, २४ पुस/प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले बैतडीमा फस्फोरसको खानी सरकारले पत्ता लगाइसकेको बताएका छन् ।
नेकपाको ओलीपक्षले शुक्रबार धनगढीका आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बैतडीमा फस्फोरसको खानी समेत सरकारले पत्ता लगाइसकेको बताउँदै प्रधानमन्त्री ओलीले तत्कालै खानी बनाउने योजना रहेको बताए ।
उनले आफ्नो सरकारले सडक सञ्जाल विस्तारमा समेत लागेको बताउँदै कैलाशमान सरोबर जोड्ने सडक समेत बनाउने योजना ल्याइरहेको बताए । प्रधानमन्त्री ओलीले विकासका लागि संघ सरकारले बजेटको खासै कमी हुन नदिने बताउँदै प्रदेश सरकार प्रभावकारी भएको प्रदेशमा विकास छिटो हुने बताए ।
यस्तै सुदूरपश्चि प्रदेशका लागि गौरीफन्टा नाका छिट्टै खोलिने बताएका छन् । उनले भने यही जनवरी १४ गते परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भारत भ्रमणमा गएर गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय नाका बनाउन प्रस्ताव गर्ने बताएका हुन् । उनले पश्चिमसेती जलविद्युत आयोजना बनाउनका लागि पनि सरकारले पहल गरिरहेको बताए । उनले महाकालीमा आफ्नो सरकारले दोधारा जाँदनीमा चार लेनको पुल बनाउने काम अन्तिम चरणमा पुर्याएको बताए ।
