धनगढी, २२ पुस/ कैलालीको धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ९ की ४ वर्षीया बालिकामाथि सोमबार बलात्कार भएको प्रहरीले जनाएको छ।
बालिकामाथि उनकै छिमेकी भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।
बिष्टले जाहेरी दर्ता भएको र सोही जाहेरीका आधारमा कोरीलाई पक्राउ गरि घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।
कोरीले मामाघरमा आएका बेला बलात्कार गरेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।
अदालतबाट म्याद थप गरि कोरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
