टेक सिँह धामी/ धनगढी, पुस ६/ कन्चनपुरमा ब्यबसायिक च्याउ खेतिको आकर्षण बढेको छ। नेपालमै ब्यबसायिक रुपमा च्याउ खेति आकर्षणको विन्दु बन्दै गएका बेला कन्चनपुरमा पनि सहज सरल तरिकाले उत्पादन गर्न सकिने च्याउ खेती पछिल्लो समय आकर्षक ब्यबसाय बन्दै गएको छ।
कन्चनपुरको भिमदत्त नगरपालिका वडा नं १० सुकासालका महिलाहरु अहिले व्यवसायिक च्याउ खेतिमा उन्मुख भएका छन्। महिलाहरुले दिदिबहिनी लघु उद्यमी नामक १० जनाको महिला समुह निर्माण गरि सुकासालमा ब्यबसायिक च्याउ खेति सुरुवात गरिएको समुहकि अध्यक्ष रुक्मिणी बोगटीले बताइन्।महिला हरुले पाँच-पाँच जनाको समुहमा ३ कठ्ठा जमिन भाडामा लिएर ७ वटा घर निर्माण गरि कन्ने च्याउ र गोब्रे च्याउ नामक दुइ जातका च्याउहरु व्यवसायिक रुपमा खेति गरिरहेका छन्।
कोरोना प्रभावले ल्यायो व्यवसायिक सोच
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस तथा कोभिड १९ ले समग्र देशको अर्थतन्त्र धमिलिएको बेला, पारिवारिक सामाजिक अर्थतन्त्रमा धक्का नलाग्ने कुरै भएन। च्याउ खेति गर्दै आएका अधिकांश परिवार भन्छन् “भारत तथा अन्य तेस्रो मुलुकमा श्रम रोजगार गर्दै आएका थियौं तर कोभिडका कारण रोजगारी गुम्यो, नेपाल फर्कियौं, काम धन्दा भएन घर ब्यबहार चलाउनै मुस्किल भयो। त्यसपछि अब केहि न केहि स्वदैशमै गर्नुपर्छ भनेर सामुहिक रुपमा च्याउ खेति थाल्यौ।
कसरी बन्यो ब्यबसायिक योजना…?
युएन डिपीको आर्थिक सहयोगमा कोभिड प्रभावित समुदाय र क्षेत्रका लागि समाजिक, आर्थिक पुनरुत्थान कार्यक्रम अन्तर्गत लघु उद्यमी संघ मार्फत डिमेगा कैलालीले ५ दिने तालिम र प्राविधिक सहयोग प्रदान गरेको थियो ।
यो समुहलाई ७बाटा ट्रष्ट समेत निर्माण गर्न सहयोग गरेको थियो । ब्यबसायिक तवरले आत्मनिर्भर हुनुपर्ने भन्दै उक्त तालिम लिएपछि ब्यबसायिक रुपमा च्याउ खेतिको सुरुवात गरियो अहिले स्वदेशमै स्व-रोजगार बन्दा खुसी छौ फर्मकी सदस्य कमला चन्द बताउछिन्।
कोभिड प्रभावित र बिशेष गरी भारतबाट आएकाहरुका लागि आर्थिक तथा सामाजिक पुनरुत्थान एबम शिघ्र ब्यबसायमा फर्काउने उद्देश्यले उक्त ब्यबसायिक प्याकेज सन्चालन गरिएको र कार्यक्रम सफल बनेको डिमेगा कैलाली कञ्चनपुरका कार्यक्रम प्रमुख दिपक बिष्टले बताए।
