• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीका १६ ठाउँबाट फोरजी सेवा, विद्युत् नपुग्दा समस्या

"नेपाल टेलिकमको फोरजी सेवा "

धनगढी, २१ मंसिर/ बैतडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका अनुसार जिल्लाको शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, बिजुल, ग्वाल्लेक र खोडपेबाट फोरजी सेवा सञ्चालनमा रहेको हो । यसका साथै रोडीदेवल, जलहल्ला, दुर्गास्थान, चौड, सिल्लेक, शिखरपुर, कुवाकोट र पञ्चेश्वरबाट पनि फोरजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका प्रमुख सुरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

जिल्लाका थप नौ स्थानबाट पनि फोरजी सेवा सञ्चालनको तयारी भएको उनले बताइ । उनले भने, “कैलपाल, मानिकाखान, ठाँड, कटौजपानी, झुलाघाट, पुर्चौडीहाट, सुर्नया गाउँपालिका, वसन्तपुर र सिगासको गुगुल्टेबाट पनि फोरजी सेवा सञ्चालनको तयारी भएको छ । कैलपाल, मानिकाखान, ठाँडमा टावर बनिसेकेको छ ।”

जिल्लाका २८ स्थानमा टावर राखेर टेलिकमले नमस्ते मोबाइलको सेवा दिइरहेको छ । टेलिकमले जिल्लाभरि आफ्नो क्षमता विस्तार गर्न टावर निर्माण र स्तरोन्नतिको काम गरिरहेको दूरसञ्चार कार्यालय बैतडीका प्रमुख कार्कीले जानकारी बताए ।  उनले भने, “हाल टेलिकमले स्थानीय तहका कार्यालयलाई प्राथमिकतामा राखेर सेवा थपिरहेको छ, पुराना टावर रहेका स्थानबाट सेवा प्रभावकारी भए पुरानै टावरबाट सेवा दिइरहेको र पुराना टावरबाट सेवा प्रभावकारी नभए नयाँ टावर थपिररहेको हो ।”

सूचना, प्रविधिमा भइरहेको परिवर्तन र आधुनिकतासँगै इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा भने तीव्रगतिमा वृद्धि भइरहेको उनको भनाइ छ । जिल्लाका अधिकांश टेलिकमका टावरमा विद्युत् नहुँदा सोलारको भरमा सञ्चालनमा रहेका छन् । सोलारको भरमा रहेका टावरले घाम लागेको बेला मात्रै नेटवर्क आउने गरेकाले समस्या हुने गरेको छ ।

बैतडीमा रहेका सबै नेपाल टेलिकमका टावरमा विद्युत्को पहँुच नपुग्दा इन्टरनेट र फोन सेवा प्रभावकारी हुनसकेको छैन । जिल्लामा रहेका आठ टावरमा मात्रै विद्युत्को पहुँच रहेको टेलिकम कार्र्यालय प्रमुख कार्कीले जानकारी दिए । शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, ग्वाल्लेक, सिल्लेक र खोडपेमा रहेका टावरमा मात्रै विद्युत्को पहुँच रहेको उनले बताए ।

बैतडीमा नेपाल टेलिकमका २८ टावरमध्ये १६ टावरबाट फोरजी सेवा सञ्चालनमा रहेका छन् । उनले भने, “विद्युत्को पहुँच नभएका ठाउँमा सोलारको भरमा टावर सञ्चालनमा छन् ।” सोलारको भरमा टावर रहेका सेवा क्षेत्रका नागरिकले घाम लागेको बेलामात्रै फोन सेवा र इन्टरनेट सेवा लिन पाउँछन् ।

घाम नलागेको बेला ब्याट्री चार्ज नभएर सेवा प्रवाह नहुँदा अधिकांश नागरिक फोन सेवा र इन्टरनेट सोव लिनबाट वञ्चित हुने गरेका छन् । घाम लागेको बेलामात्रै फोन सेवा र इन्टरनेट सेवा उपलब्ध हुने र अन्य समयमा नेटवर्क नआउने समस्या रहेको पुर्चौडीबाट अनिरुद्र जोशीले जानकारी दिए ।

फोरजी सेवा सञ्चालनमा रहेका टावरमा विद्युत्को पहुँच पुगेको भए ८०० र एक हजार ८०० मेगाहर्ज दुवै सेवा सञ्चालनमा रहेका दूरसञ्चार कार्यालयले जनाएको छ । सोलारको भरमा रहेका टावरबाट पावर नपुग्ने भएकाले ८०० मेगाहर्जबाट मात्रै सेवा सञ्चालनमा रहेको दूरसञ्चार कार्यालय बैतडीले जनाएको छ ।रासस

आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.