कैलाली १४ साउन- कैलालीमा चितुवाको छाला सहित दुई जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कैलालीको टोलीले चितुवाको दुई थान छाला सहित डोटी बढिकेदार गाउँपालिकाका राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का रामबहादुर विष्टलाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट चितुवाको दुई थान छाला बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर उनीहरुलाई चितुवाको छाला सहित सार्वजनिक गरेको हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि वन कार्यालयको जिम्मा लगाउने तयारी रहेको प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा राजेन्द्र थापाले चितुवाको छाला स्थानीय डोटी बढिकेदार गाउँपालिकामा शिकार गरी विक्री वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । बरामद भएको चितुवाको अखेटापहरा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको छ ।
