• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाँसको सामाग्री बीक्रीबाट जिवन धान्दै दलित परिवार

भोज मन्नी
मसुरिया २३ भाद्र-
कैलालीको गौरीगंगा नगरपालिका वडा न ९ मा सयौं घर दलित परिवारको बसोबास छ । पूर्खौली पेशा लाई निरन्तरता नदिए उनीहरुको दैनिक जसो खान लाउन समस्या हुन्छ आफुले सिकेको सीपलाई हातबाट बुनेका बाँसको विभिन्न सामाग्री बनाएर बिक्री गर्दै आएका छन् ।
एक दिन पनि सामाग्री बिक्री नभए उनीहरुको साँझ बिहान छाक टार्न समस्या हुन्छ । उनीहरुले बाँसको बीक्रीको आम्दानीले दैनिक छाक टार्दै आएका छन् । खेती गर्नलाई आफ्नो जमिन नभएपछि साँझ बिहान छाक टार्नको लागि पेशामा लागेको हुन् ।

डेढ दशक अघि डोटीको बडीकेदार गाउँपालिकाको मान्नाकापडीबाट बसाइँसराइ गरि आएका सयौं दलित परिवार गौरीगंगा नगरपालिका वडा न ९ भगवानपुर गाउँको शिवशंकर सामुदायिक वन छेउमै बसेका छन् । सबै दलित परिवारले पूर्खौले गर्दै आएको पेशालाई निरन्तरता दिएका छन् । खेती गर्ने जमीन नभएपछि दैनिक छाक टार्न समस्या हुने भएकोले यो पेशा अँगालेको उनीहरु बताउँछन् । १२ वर्ष अघि पहाडबाट बसाइँसराइ गरि तराइतिर आएका देव बदादुर भुल पनि बाँसका विभिन्न सामाग्री बनाउनमा बिहानै देखि आफ्नो काममा व्यस्त हुन्छन् । श्रीमती मैनी देवी भुल पनि श्रीमानलाई सघाउदै आएकी छिन् ।

श्रीमानले तयार भएको नाङ्लामा दैनिक जसो पीना लगाउनमा व्यस्त हुन् । उनी भन्छिन् ‘खेती गर्नलाई आफ्नो जमिन छैन खानको लागि पनि बाँसका सामाग्री बनाएर आएको आम्दानीले ७ जना परिवार पालेकै छौ ।’ बुहारी पनि फुर्सद भयो कि हरेक दिन हातले बुन्दै बाँसका सामाग्रीहरु बनाउनमा व्यस्त हुन्छिन् । पिठ्युँमा बाँसका नाँङ्ला र डालो बोकेर दिनभरी गाउँतिर डुलाउँदै बिक्री गर्दै आएका छन् । हले विश्वव्यापी कोरोना महामारी रोगको कारण भएको ५ महिनाको बन्दाबन्दी र निषेधाज्ञाले घर बाहिर सामाग्रीहरु  बिक्री गर्न नपाएपछि अहिले सवै दलित समुदायका परिवारलाई खानलाई समस्या भएको छ । कोरोनाको भाइरस सर्ने डरले घरमै बाँसको बिभिन्न सामाग्रीहरु बनाउन व्यस्त देखिन्छन् ।
१७ बर्ष अघि पुर्खेउली घर डोटी बडीकेदार हाल गौरीगंगा नगरपालिका ९ स्थायी बसोबास गरेका धन बहादुर भुलको दिन चर्यापनि उस्तै छ । हातले बनाएका बाँसका सामाग्रीहरु अत्तरिया, धनगगढी, महेन्द्रनगर, लम्की र कोहलपुरसम्म बिक्रीका लागि पुग्ने गरेका छन् । बाँसले बुनेका नाङ्ला ३ सय देखि ५ सय र डालोलाई ६ सय पियाँ सम्म बिक्री गदै आएका छन् ।

बाँसको सामाग्री बिक्रीको आम्दानीले ५ बर्ष अघि पक्की घर समेत उनले बनाएका छन् । अहिले उनी घरमै बसी दैनिक बाँसका विभिन्न सामाग्रीहरु बनाउनमा व्यस्त छन् । सामाग्री बनाउनको लागि गाउँमै २ सय रुपियाँमा बाँस खरिद गर्छन् । सामाग्री बनाउनकै लागि चाहिने वेत भजनी, सत्ती र अत्तरियाबाट प्रती किलो ५५ देखि ७० सम्म खरिद गरेर ल्याउने गरेका छन् । बाँसबाट बनाएका सामाग्री बिक्री गरेर वार्षिक डेढ लाख आम्दानी हुने गरेको धन बहादुरले वताए । दिनमा ३ वटा सम्म बाँसको नाङ्ला बनाउने गरेका छन् ।

३ वर्ष अघि भारतको रोजगारी छोडेर घर फर्केका कमल भुल पनि अब भारत रोजगारी गर्ने मनसाय नभएको बताउदै पुर्खाले गर्दै आएको पेशालाई निरन्तरता दिने र आफुले सिकेको सीपलाई अंगाल्ने वताए । ५ महिना विश्वव्यापी कोरोना महामारीले बन्दाबन्दी र अहिलेको निषेधाज्ञाले रोग लाग्ने डरले आफुले बनाएका सामाग्री डरले गाउँमा बीक्री गर्न नपाएको उनीहरू बताईन् । अहिले बाँसका सामाग्री बनाउन एक छिन पनि फुर्सद छैन । श्रीमती अप्सरा देवी भुल पनि बाँसको सामाग्री बनाउन व्यस्त हुन्छिन् । उनले २ वर्ष अघि बाँसको भिभिन्न सामाग्री बनाउने तालिम लिएकीले अझ यो पेसालाइ व्यसायिक रुपमा गर्न हौसला मिलेको वताउछिन् ।

परम्परागत रुपमा बनाउदै आएका बाँसका सामाग्रीहरु भन्दा आधुनिक किसिमको वेतबाट बन्ने विभिन्न किसिमका सामाग्री बनाउनको लागि तालिम लिन चाहेको उनीहरु ब्ताउछन् । २ वर्ष अघि वडा कार्यालयले १ लाख २५ हजार छुट्टयाइएको रकमले फुलदानी, ¥याक र मुढा बनाउने तालिम दिएको दलित जनजागरण उत्थान समाजका अध्यक्ष तारा बहादुर सार्र्कीले वताए ।

मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.