भोज मन्नी
मसुरिया २३ भाद्र-
कैलालीको गौरीगंगा नगरपालिका वडा न ९ मा सयौं घर दलित परिवारको बसोबास छ । पूर्खौली पेशा लाई निरन्तरता नदिए उनीहरुको दैनिक जसो खान लाउन समस्या हुन्छ आफुले सिकेको सीपलाई हातबाट बुनेका बाँसको विभिन्न सामाग्री बनाएर बिक्री गर्दै आएका छन् ।
एक दिन पनि सामाग्री बिक्री नभए उनीहरुको साँझ बिहान छाक टार्न समस्या हुन्छ । उनीहरुले बाँसको बीक्रीको आम्दानीले दैनिक छाक टार्दै आएका छन् । खेती गर्नलाई आफ्नो जमिन नभएपछि साँझ बिहान छाक टार्नको लागि पेशामा लागेको हुन् ।
डेढ दशक अघि डोटीको बडीकेदार गाउँपालिकाको मान्नाकापडीबाट बसाइँसराइ गरि आएका सयौं दलित परिवार गौरीगंगा नगरपालिका वडा न ९ भगवानपुर गाउँको शिवशंकर सामुदायिक वन छेउमै बसेका छन् । सबै दलित परिवारले पूर्खौले गर्दै आएको पेशालाई निरन्तरता दिएका छन् । खेती गर्ने जमीन नभएपछि दैनिक छाक टार्न समस्या हुने भएकोले यो पेशा अँगालेको उनीहरु बताउँछन् । १२ वर्ष अघि पहाडबाट बसाइँसराइ गरि तराइतिर आएका देव बदादुर भुल पनि बाँसका विभिन्न सामाग्री बनाउनमा बिहानै देखि आफ्नो काममा व्यस्त हुन्छन् । श्रीमती मैनी देवी भुल पनि श्रीमानलाई सघाउदै आएकी छिन् ।
श्रीमानले तयार भएको नाङ्लामा दैनिक जसो पीना लगाउनमा व्यस्त हुन् । उनी भन्छिन् ‘खेती गर्नलाई आफ्नो जमिन छैन खानको लागि पनि बाँसका सामाग्री बनाएर आएको आम्दानीले ७ जना परिवार पालेकै छौ ।’ बुहारी पनि फुर्सद भयो कि हरेक दिन हातले बुन्दै बाँसका सामाग्रीहरु बनाउनमा व्यस्त हुन्छिन् । पिठ्युँमा बाँसका नाँङ्ला र डालो बोकेर दिनभरी गाउँतिर डुलाउँदै बिक्री गर्दै आएका छन् । हले विश्वव्यापी कोरोना महामारी रोगको कारण भएको ५ महिनाको बन्दाबन्दी र निषेधाज्ञाले घर बाहिर सामाग्रीहरु बिक्री गर्न नपाएपछि अहिले सवै दलित समुदायका परिवारलाई खानलाई समस्या भएको छ । कोरोनाको भाइरस सर्ने डरले घरमै बाँसको बिभिन्न सामाग्रीहरु बनाउन व्यस्त देखिन्छन् ।
१७ बर्ष अघि पुर्खेउली घर डोटी बडीकेदार हाल गौरीगंगा नगरपालिका ९ स्थायी बसोबास गरेका धन बहादुर भुलको दिन चर्यापनि उस्तै छ । हातले बनाएका बाँसका सामाग्रीहरु अत्तरिया, धनगगढी, महेन्द्रनगर, लम्की र कोहलपुरसम्म बिक्रीका लागि पुग्ने गरेका छन् । बाँसले बुनेका नाङ्ला ३ सय देखि ५ सय र डालोलाई ६ सय पियाँ सम्म बिक्री गदै आएका छन् ।
बाँसको सामाग्री बिक्रीको आम्दानीले ५ बर्ष अघि पक्की घर समेत उनले बनाएका छन् । अहिले उनी घरमै बसी दैनिक बाँसका विभिन्न सामाग्रीहरु बनाउनमा व्यस्त छन् । सामाग्री बनाउनको लागि गाउँमै २ सय रुपियाँमा बाँस खरिद गर्छन् । सामाग्री बनाउनकै लागि चाहिने वेत भजनी, सत्ती र अत्तरियाबाट प्रती किलो ५५ देखि ७० सम्म खरिद गरेर ल्याउने गरेका छन् । बाँसबाट बनाएका सामाग्री बिक्री गरेर वार्षिक डेढ लाख आम्दानी हुने गरेको धन बहादुरले वताए । दिनमा ३ वटा सम्म बाँसको नाङ्ला बनाउने गरेका छन् ।
३ वर्ष अघि भारतको रोजगारी छोडेर घर फर्केका कमल भुल पनि अब भारत रोजगारी गर्ने मनसाय नभएको बताउदै पुर्खाले गर्दै आएको पेशालाई निरन्तरता दिने र आफुले सिकेको सीपलाई अंगाल्ने वताए । ५ महिना विश्वव्यापी कोरोना महामारीले बन्दाबन्दी र अहिलेको निषेधाज्ञाले रोग लाग्ने डरले आफुले बनाएका सामाग्री डरले गाउँमा बीक्री गर्न नपाएको उनीहरू बताईन् । अहिले बाँसका सामाग्री बनाउन एक छिन पनि फुर्सद छैन । श्रीमती अप्सरा देवी भुल पनि बाँसको सामाग्री बनाउन व्यस्त हुन्छिन् । उनले २ वर्ष अघि बाँसको भिभिन्न सामाग्री बनाउने तालिम लिएकीले अझ यो पेसालाइ व्यसायिक रुपमा गर्न हौसला मिलेको वताउछिन् ।
परम्परागत रुपमा बनाउदै आएका बाँसका सामाग्रीहरु भन्दा आधुनिक किसिमको वेतबाट बन्ने विभिन्न किसिमका सामाग्री बनाउनको लागि तालिम लिन चाहेको उनीहरु ब्ताउछन् । २ वर्ष अघि वडा कार्यालयले १ लाख २५ हजार छुट्टयाइएको रकमले फुलदानी, ¥याक र मुढा बनाउने तालिम दिएको दलित जनजागरण उत्थान समाजका अध्यक्ष तारा बहादुर सार्र्कीले वताए ।
