बैतडी,१५ कार्तिक / बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँटोलमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ ।
बैंकबाट टाढा रहेका जेष्ठ नागरिकहरुका समस्यालाई ध्यानमा राखेर गाउँटोलमै सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकराज जोशीले बताए ।
बैंकबाट टाढा रहेका जेष्ठ नागरिकहरुलाई बैंक पुग्न समस्या हुने भएकाले सम्बन्धित वडा र गाउँ टोलमै सामाजिक सुरक्षा भत्ता वितरणको काम भइरहेको उनले बताए । कुनै ठाउँमा वडा कार्यालय, कुनै ठाउँमा टोलमै पुगेर भएपनि भत्ता वितरणको काम भइरहेको उनले बताए ।
कुमारी बैंकसँगको सहकार्यमा भुक्तानी शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण काम भइरहेको जोशीले बताए । गाउँपालिकाका ८ ओटै वडा र केही टोलमा शिविर सञ्चालन भइरहेको उनले बताए । गाउँटोलमै सामाजिक सुरक्षाभत्ता पाएपछि नागरिक पनि खुसी भएका छन्