धनगढी, १ फागुन / कैलालीको धनगढीबाट एक विद्यार्थी विगत एक सातादेखि सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि अपिल गरेका छन। डोटी जिल्ला जोरायल गाउँपालिका-२ बुडर-दह गाउँ घर भई हाल धनगढी उपमहानगरपालिका-५ तारानगरमा बस्दै आएका दिनेश राज जोशी हराइरहेका हुन्।
उनी कैलाली बहुमुखी क्याम्पस, धनगढीमा बीएस्सी प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन्। परिवारका अनुसार माघ २३ गते दिउँसोदेखि जोशीसँग कुनै पनि प्रकारको सम्पर्क हुन सकेको छैन। नियमित रूपमा घरपरिवारसँग सम्पर्कमा रहने उनी एक्कासी सम्पर्कविहीन भएपछि परिवार गहिरो चिन्तामा परेको छ।
आफन्त र साथीभाइमार्फत खोजी गर्दा पनि हालसम्म उनको अवस्था खुल्न सकेको छैन। उहाँलाई कतै देख्नुभएमा वा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन तथा तल उल्लेखित नम्बरमा तुरुन्त सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।
सम्पर्कका लागि:
📞 9869155416
📞 9869564946
यस सम्बन्धमा प्रहरीले पनि खोजी कार्य अगाडि बढाएको बुझिएको छ।