धनगढी, ७ माघ/ टिकट बितरणमा असन्तुष्टी जनाउदै कञ्चनपुरमा काँग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शार्माको पुत्ला जलाएका छन् । काँग्रेस कार्यकर्ताले कञ्चनपुरको दोधाराचाँदनी वडा नम्बर १० फकिरे चौराहमा पुत्ला दहन गरी बिरोध सभा आयोजना गरेका छन् ।
सो क्षेत्रबाट निरन्तर जनताको काम गर्दै आएका रमेश लेखकलाई टिकट नदिएको बिरोधमा विरोध प्रदर्शन गर्दै कार्यकर्ताले पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेको स्थानीय काँग्रेसका नेता प्रेम कार्कीले जानकारी दिए ।
निरन्तर उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका अनुभवी नेताका रूपमा उल्लेख गर्दै आएका लेखकलाई टिकट नदिएको प्रति उनीहरुले असहमति जनाएका छन् । कञ्चनपुर–३ मा नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई उम्मेदवार नबनाइएको भन्दै कञ्चनपुर–३ का कांग्रेस नेता–कार्यकर्ता मंगलबार विरोधमा उत्रिएका हुन् ।
‘रमेश लेखक यसअघि २०५६, २०७० र २०७९ सालमा कञ्चनपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका व्यक्ती लेखक टिकटको प्रमुख आकांक्षी थिए’ स्थानीय काँग्रेस नेता कार्कीले भने ‘तर, कांग्रेस संसदीय बोर्डले कञ्चनपुर–३ मा पूर्व जिल्ला सभापति हरि बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्टि चुलिएको छ ।’
टिकट बितरणमा असन्तुष्टी जनाउदै केही साथीहरुले बिरोध प्रर्दशन गरेको नेपाली काँग्रेस दोधराचाँदनी नगर कार्यसमिति कञ्चनपुरका सभापति मल्ले पुष्टी गरेका छन् । उनले भने लेखक जीले टिकट नपाएपछि कार्यकर्ता माझ असन्तुष्टी बढेको छ ।