धनगढी ६ माघ/ नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेसका गोरख बहादुर विष्ट (आनन्द) ले वारिसनामा मार्फत उम्मेदवारी दर्ता गराएका छन् ।
बिष्टकाो वारेस तरुण दलका केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नम्बर ४का तेज खड्काले उम्मेदवारी दर्ता गराएका थिए । विष्टको प्रस्तावकमा मीन जोशी र समर्थकमा करन साउँद छन् । विष्ट काठमाण्डौंमा रहेकाले वारिसनामा पठाएको कांग्रेस बताइएको छ ।
काँग्रेसका उम्मेदबार बिष्ट माघ ७ गते बिहान गृह क्षेत्र आउने भएका छन् ।