धनगढी, २५ मंसिर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस भएको छ । नेपाली कांग्रेस डडेल्धुराको आज बसेको बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको नाम एकल रुपमा सिफारिस गर्ने निर्णय गरेको हो । जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश कमिटीलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिए ।
डडेल्धुरा कांग्रेसका नेताहरुसंग यसअघि नै देउवाले अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए । देउवा डडेल्धुराबाट आठौंपटक संघीय निर्वाचन लड्ने तयारीमा रहेका हुन् । यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाटै विजयी भइसकेका छन् ।