धनगढी, २४ मंसिर / प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल धनगढी नगर इकाईको एकदिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ। धनगढी नगर इकाइले आगामी एक वर्षको लागि विद्यार्थी परिषद्को नयाँ कार्य समिति चयन गरेको हो ।
विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव रमेश कंडेलको प्रमुख आतिथ्यतामा र परिषदका राष्ट्रिय सचिव प्रेम बोहोरा , परिषद्का केन्द्रीय सदस्य लवदेव धामी, प्रदेश छात्रा प्रमुख गायत्री जोशी, प्रदेश सह–सचिव गौरव भट्ट तथा प्रदेश सह–सचिव सुनिता भट्ट र धनगढीका विभिन्न क्याम्पस र विद्यालयका विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
अभ्यास वर्गमार्फत आगामी एक वर्षका लागि धनगढी नगर इकाईको नयाँ कार्यसमिति समेत चयन गरिएको छ। धनगढी नगर इकाइको अभ्यास वर्गबाट महेश्वरी रेग्मीलाई जिल्ला सह-संयोजकको जिम्मेवारी दिइएको छ ।
नव–निर्वाचित कार्यसमितिमा अध्यक्षको जिम्मेवारी गणेशराज जोशीले सम्हालेका छन् भने सचिवमा लेखराज भट्ट चयन भएका छन्। यस्तै कार्यसमितिको नगर विद्यार्थी विस्तारकमा नारद भट्ट , नगर सह-सचिवमा राजेश ओझा, शेरबहादुर धामी, कोषाध्यक्षमा बिनिता बोहरा, छात्रा प्रमुखमा दीपिका बम , शर्मिला धानुक , नगर पत्रिका संयोजकमा खगेन्द्र पन्त नगर जनजाति कार्यप्रमुखमा सन्ध्या नेपाली गरी २० सदस्यीय कार्यकारणी समिति गठन गरिएको छ।
उक्त कमिटीले क्षमता विकास, संगठनात्मक सशक्तीकरण तथा आगामी वर्षको योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने छन्।
विद्यार्थी परिषद्ले विभिन्न समयमा विद्यार्थी हकहितका लागि काम गर्दै आएको छ। आज विद्यार्थी परिषद्को ३०औं स्थापना दिवस समेत देशभर विभिन्न कार्यक्रम गरी मनाइएको विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्रेम बोहोराले जानकारी दिए।