धनगढी । कैलालीको धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ चौराहबाट कञ्चनपुरको लालझाडी गाउँपालिका–५ बस्ने २७ वर्षीय गोविन्द विष्ट पक्राउ परेका हुन्। उनको साथबाट ५ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनलाई अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।