धनगढी, १२ मंसिर / कैलाली बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखका रूपमा तीनजना प्राध्यापकहरूको नियुक्ति भएको छ। साहाय क्याम्पस प्रमुखमा प्राध्यापक डा.मोहन सिंह साउद, प्रा.डा. शिव प्रशाद सापकोटा र प्रा.डा. घनश्याम भट्टलाई नियुक्त गरिएको छ।
नयाँ नेतृत्वले क्याम्पसको शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र विद्यार्थीमैत्री वातावरण सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। क्याम्पस परिवारले तीनै जना प्राध्यापकहरुको अनुभव, दक्षता र नेतृत्व क्षमताले क्याम्पसको समग्र विकासमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गरेका छ।
हाल क्याम्पस प्रमुखमा प्राध्यापक डा.लोक बहादुर बिष्ट रहेका छन ।