कैलाली, १२ मंसिर / कैलालीको अत्तरिया बजारबाट लागु औषध खैरो हेरोईन सहित २ जना पक्राउ परेका छ्न । विहिबार साझ बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बझाङ जयपृथ्बी नगरपालिका १० का २२ वर्षीय बिशाल सिंह र २० वर्षीय घर्मेन्द्र सुनारलाई पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका – २ अत्तरिया बजार स्थित शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला परेका उनीहरूलाई चेकजाँच गर्दा बिशाल सिंहको साथबाट लाई कालो प्लाष्टिकमा लुकाईछिपाइ राखेको ७ ग्राम ६८० मिलिग्राम लागु औषध ९खैरो हेरोईन० बरामद गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
प्रहरीले बिशाल सिंह र घर्मेन्द्र सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको जनाएको छ ।