धनगढी । कैलालीबाट लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छ्न । लागूऔषध मुद्दामा अदालतबाट तोकिएको सजाय भोगाउनुपर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत कैलालीको फैसलाअनुसार ४ महिना १५ दिन कैद सजाय तोकिएका कैलारी गाउँपालिका–८ का विजय कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले मंसिर १० गते उनको घरमैबाट पक्राउ गरेको हो।