धनगढी, ६ मंसिर / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल अत्तरिया नगर इकाइले आयोजना गरेको एक दिवसीय नगर अभ्यास वर्ग शनिबार भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गिरिराज कडायतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि परिषद्का राष्ट्रिय सह-संगठन सचिव छितराज न्यौपाने रहनुभएको थियो।
यस्तै कार्यक्रममा परिषद्का राष्ट्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश सह-संगठन सचिव प्रेम बोहोरा , परिषद्की प्रदेश छात्रा प्रमुख गायत्री जोशी तथा परिषद्का अत्तरिया नगर सचिव नवीन रिठामेलीको उपस्थिति रहेको थियो।
अभ्यास वर्गमा अत्तरिया नगर क्षेत्रमा रहेका विभिन्न क्याम्पस तथा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको नगर पत्रिका संयोजक नारद भट्टले जानकारी दिए।
कार्यक्रमले विद्यार्थीहरूमा संगठनात्मक कौशल, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वबारे विस्तृत विचार–विमर्श गर्दै परिषद्को गतिविधिलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्राज्ञिक विद्यार्थी परिषद्को यतिबेला देशैभरि क्याम्पस तथा विश्वविद्यालयमा इकाई विस्तार र नगरहरूमा नगर अभ्यास बर्ग भइरहेका छन् ।
